बेन स्टोकको शतकसँगै मुम्बईमाथि राजस्थानको शानदार जित

जनपत्र
१० कार्तिक २०७७, सोमबार ०५:४९

इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले दिएको १९६ रनको लक्ष्य पछाएको राजस्थानले १८।२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानको जितमा बेन स्टोकले शानदार शतक प्रहार गरेका थिए । स्टोकले ६० बल खेल्दै १४ चौका र ३ छक्का प्रहार गर्दै अविजित १०७ रन बनाएका थिए ।

त्यस्तै सन्जु सामसनले ३१ बलमा ५४ रन बनाएका थिए । त्यस बाहेक रोबिन उथप्पाले १३ र कप्तान स्टिभन स्मिथले ११ रन बनाए । मुम्बईका बलर जेम्स पाटिसनले दुवै विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १९५ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ४० रन बनाए भने इशान किशनले ३७ र सौरभ तिवारीले ३४ रन बनाए । त्यस्तै क्वेंटन डिकक र केरन पोलार्डले ६-६ रन बनाएका थिए ।

मुम्बईका लागि हार्दिक पाण्डेयले १९ बलमा अर्धशतक बनाएका थिए भने उनले अविजित २१ बलमा ६० रन बनाए । त्यस्तै क्रुनाल पाण्डेयले अविजित ३ रन बनाए । राजस्थानका बलर जोफ्रा आर्चर र श्रेयस अय्यरले २-२ विकेट लिए भने कार्तिक त्यागीले एक विकेट लिए । यो जितसँगै राजस्थानले जारी आइपिएलमा आफ्नो पाँचौ जित हासिल गरेको छ । १२ खेलमा १० अंक हासिल गर्दै राज्स्थ्ना छैठौ स्थानमा रहेको छ ।

त्यस्तै मुम्बई भने ११ खेलमा १४ अंकसहित अझै शिर्ष स्थानमै रहेको छ । आइपिएल अन्तर्गत आज कोलकोता नाइट राइडर्स र किंग्स इलेभेन पञ्जाबबीच खेल हुदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*