रियल मड्रिड च्याम्पियन्स लिगको पहिलो खेलमा पराजित

जनपत्र
६ कार्तिक २०७७, बिहीबार ०६:३३

यूईइफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिडले सुरुवाती खेलमै हार बेहोरेको छ। उसलाई घरेलु मैदान अल्फ्रेलो डि स्टेफानोमा शख्तर डोनेट्स्कले ३–२ गोलअन्तरले हराएको हो। रियलका लागि लुका मोड्रिच र भिनिसियस जुनियरले १–१ गोल गरे पनि उनीहरुको गोलले हार टरेन। यता डोनेट्स्का टेटे र मोहम्मद सोलोमानले १–१ गोल गरे भने रियल मड्रिडका वारानेले आत्मघाती गोल गर्दै डोनेट्स्को खातामा एक गोल थपिदिए।

खेलको पहलो हाफमै डोनेट्स्कले ३–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा रियलले दुई गोल गर्न सफल भए पनि जित निकाल्न सकेन्। यता जितसहित डोनेट्स्क समूह बीको शीर्षस्थानमा छ भने रियल मड्रिड चौथो स्थानमा छ। मड्रिडले अंक जोडेको छैन्।

समूह बी अन्तर्गत अको खेलमा इटालिनय क्लब इन्टर मिलानले बुन्डेसलिगा क्लब मोन्छेनग्लाडबाखसँग १–१ गोलको बराबारी खेलेको छ। बराबरीसँगै दुवै क्लबले एक–एक अंक बाँडेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*