आईपीएल : कोलकत्तामाथि बैंगलोर ८२ रनले विजयी
यूएईस्थित सारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले विशाल रन अन्तरको जित दर्ता गरेको हो । बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रनमा मात्र बनाउन सक्यो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन फिन्चले ४७ रन जोडे ।
देवदूत पडीक्कले ३२ रन बनाउँदा कप्तान विराट कोहली भने ३३ रनमा अविजित रहे । कोलकत्ताका लागि प्रशिद्ध कृष्ण र आन्द्रे रसेलले १र१ विकेट लिए । कोलकत्ताका लागि सुबमान गिलले ३४, राहुल त्रिपाठी र आन्द्रे रसेलले १६र१६ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २र२ विकेट लिए भने क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।
आईपीएलको यो सिजनमा पाँच जितसँगै बैंगलोरले १० अंक जोडेको छ । ७ खेलमा आठ अंक जोडेको कोलकत्ताको यो तेस्रो हार हो । बैंगलोर अंक तालिकाको तेस्रो स्थामा छ भने कोलकत्ता चौंथो स्थामा रहेको छ ।






