चेन्नई सुपरकिंग्सको अर्को हार, रोयल च्यालेन्जर्स बैंगलोर ३७ रनले विजयी
इण्डियन प्रिमियर लिग ‘आइपिएल’ अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपरकिंग्सलाई ३७ रनले पराजित गरेको छ । बैंगलोरले दिएको १७० रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो ।
चेन्नईका लागि अम्बाती रायडूले ४२ रन बनाए भने नारायण जगदिशनले ३३ रन बनाए । त्यस्तै शेन वाटशनले १४, फाफ डुप्लेसिसले ८, महेन्द्र सिंह धोनीले १०, साम करन ०, डवाने ब्राभोले ७, रविन्द्र जडेजाले ७ रन र दिपक चहरले ५ रन बनाएका थिए । त्यस्तै बैंगलोरका बलर क्रिस मोरिसले ३ विकेट लिएका थिए । त्यस्तै वाशिंटन सुन्दरले २ विकेट लिए भने इशरु उदाना र युजवेन्द्र चहलले एक एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाउदै १६९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले उत्कृष्ट ब्याटिंग गर्दै ५२ बलमा अविजित ९० रन बनाएका थिए । विराटले आफ्नो इनिंगमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यसति देवदत्त पाडिकलले ३३, शिवम दुबेले २२, वाशिंटन सुन्दरले १० रन बनाएका थिए । चेन्नईका बलर शर्दुल ठाकुरले २ विकेट लिए भने दिपक चहर, साम कुरानले एक एक विकेट लिएका थिए ।
यो जितसँगै बैंगलोरले ६ खेलमा चौथो जित हासिल गरेको छ । बैंगलोरले २ खेलमा हार बेहोरेको छ । त्यस्तै चेन्नईको भने यस सिजनमा यो पाँचौ हार हो । चेन्नईले खेलेका ७ खेलमा ५ हार र २ जित हासिल गरेको छ । आइपिएलअन्तर्गत आज दुई खेल हुने छन् । आज पहिल खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हुने छ भने दोस्रो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुने छ ।






