हरि खड्कासहित ११ जना राखेप सदस्यमा नियुक्त

जनपत्र
२४ आश्विन २०७७, शनिबार ०६:०२

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कासहित ९ जनालाई सरकारले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बोर्डमा नियुक्त छ । त्यस्तै राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले थप २ सदस्यलाई मनोनित गरेपछि कुल ११ सदस्य मनोनित भएका छन् ।

 

सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको दुई महिना भन्दा लामो समयपछि ९ जना सदस्य नियुक्त भएका हुन् । यसअघि ६ जनालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मनोनित गरेका थिए । सोमबार बसेको मैत्रीपरिषद् बैठकले खड्का ‘प्रदेश १’ सहित मानदेव हजारा ‘प्रदेश २’, राजेश गुरुङ ‘गण्डकी’, पुरेन्द्र लाखे ‘बागमती’, मोहम्मद शेख ‘प्रदेश २’, नन्दा बस्याल ‘कर्णाली’, एकेन्द्र कुँवर ‘सुदूरपश्चिम’, चन्द्रा बन्दना राई ‘प्रदेश १’ र सुमित्रा चौधरी ‘लुम्बिनी’ लाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ । गुरुङ र कुँवर यसअघि पनि राखेप सदस्यमा रहेका थिए ।

राखेपका दर्ता राष्ट्रिय संघहरुको सिफारिसमा मनोननित गर्न पाउने व्यवस्था अनुसार मन्त्री विश्वकर्माले रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरिसकेका छन् । संघहरुको सिफारिसमा जम्मा ५ जना अध्यक्षले गर्न पाउने मनोनयनमा महिला कोटाबाट बाँकी २ जनाको नियुक्त गरिएको मन्त्रीका स्वकिय सचिव भरत गुरुङले जानकारी दिए । ३७ सदस्य बोर्डमा अन्य सदस्य भने पदेन रहने व्यवस्था छ ।

असार १८ गते लागु भएको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार उनीहरुको नियुक्त भएको हो । जसमा खेलकुदको विकासमा महत्पवूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्य सबै प्रदेशबाट प्रनिधित्व हुने गरि महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्मि पिछडिएको क्षेत्रबाट समेतबाट प्रतिनिधित्व हुने गरि कम्तीमा तीन महिलासहित सरकारले मनोनित गर्ने व्यवस्था छ । मनोनयन हुनेका कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्यबाट हुनुपर्ने ऐनमा समावेश छ ।

अब राखेप ७ सदस्य कार्यकारी समितिले पनि पूर्णता पाउनेछ । जसमा अहिले ३ जना रहेका छन् । ४ जना भने बोर्डबाट चुनिनेछन् । जसमा १ महिलासहित २ जना खेलकुद मन्त्रीले तथा १ महिलासहित २ जना बोर्डले कार्यकारी समितिको सदस्य मनोनयन गर्नेछ ।

साउन १२ गते सरकारले शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । मन्त्री विश्वकर्माले साउन १५ गते रिम रानाभाट, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ, सुबास श्रेष्ठ र गोविन्द्र भट्टराईलाई राखेप बोर्ड सदस्यमा मनोनित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*