हैदराबादसँग पञ्जाबको फराकिलो हार
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा तेस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा हैदराबादले किंग्स इलाभेन पञ्जाबलाई ६९ रनले पराजित गरेको हो।
२०२ रनको ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले १६।५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो। पञ्जाबका लागि निकोलस पुरनले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा सात छक्का र पाँच चौकाको मद्दतमा ७७ रन बनाए। तर अन्य ब्याट्सम्यान सस्तैमा समेटिदा पञ्जाबले फराकिलो हार ब्यहोरेको हो। यसअघिका खेलमा कप्तान केएल राहुल र मयंक अग्रवालको जोडीले ओपनिङमा राम्रो प्रदर्शन गर्दै आएको थियो। तर हैदराबादविरुद्धको खेलमा भने दुबै खेलाडीले समान ११–११ रन मात्रै बनाए। पञ्जाबका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाए। पञ्जाबलाई सस्तैमा समेट्न राशिद खानले तीन विकेट लिए।






