डर्टमुन्डलाई हराउदै बायर्न सुपर कप च्याम्यियन
जर्मन बुन्डेसलिगाको निकटतम प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै जर्मन महारथी बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।
बुधबार राति भएको खेलमा डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । एलिएन्ज एरिनाको बायर्नको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किम्मिचले गोल गरे । डर्टमुन्डका जुलियन ब्रान्ड र एर्लिङ ब्राउट हालान्डले गोल गरेपनि हार टार्न सकेन ।
बायर्नको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।






