एमबाप्पे र इकार्डी जम्दा पीएसजी विजयी

जनपत्र
१२ आश्विन २०७७, सोमबार ०६:५७

अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी र युवा फरवार्ड किलियन एमबाप्पेको जोडि जम्दा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले लगातार तेस्रा जित निकालेको छ । पीएसजीले रेइम्समाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

लिग वानको सुरुवाती दुई खेल गुमाएपछि पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजी लिग वानको सुरुवाती दुई खेलमा लेन्स र मार्सेसँग समान १–० ले पराजित भएको थियो । त्यसपछि पीएसजीले मेट्जलाई १–० ले तथा निसलाई ३–० ले पराजित गदै जितको लय समातेको थियो ।

इकार्डीले खेलमा दुई गोल गर्दा दुवै गोलमा फ्रान्सेली युवा स्टार किलियन एमबाप्पेले असिस्ट दिएका थिए । रेइम्समा आइतबार राति भएको खेलमा पीएसजीले खेलको नवौं मिनेटमा इकार्डीको गोलबाट अग्रता लिएको थियो । एमबाप्पेको पासमा इकार्डीले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए । ३७औं मिनेटमा नेयमारको फ्रिकिक पोस्टबाट थोरै बाहिरिँदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । ६१औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले १० यार्डबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । लगत्तै ६२औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।

एन्जल डि मारिया र एमबाप्पेको चलाखीपुर्ण वान टु वान पासमा मुभ बनाएपछि अनमार्क रहेका इकार्डीले खाली पोस्टमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–० ल विजयी हुन सफल भयो ।

घरेलु टोली रेइम्सले कुनैपनि समय पीएसजीको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन । जितसँगै पीएसजी ५ खेलबाट ९ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित रेइम्स १ अंकसहति १९औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*