नेकपा सचिवालय आज, नयाँ मन्त्रीको टुंगो लगाउँदै

जनपत्र
६ आश्विन २०७७, मंगलवार ०७:४७

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठकमा यसअघि पेस गरिएको कार्यसूचीमा छलफल हुनेछ। कार्यसूचीमाथि थप गृहकार्य गर्न सोमबारका लागि तय बैठक मंगलबारका लागि सारिएको हो।

गत आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले विभिन्न चार कार्यसूची तय गरेको थियो। तीमध्ये पहिलो दिन मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको थियो। बाँकी कार्यसूची भित्रका एजेण्डामाथि आजको बैठकमा छलफल जनाइएको छ। सोमबार प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तय कार्यसूचीभित्रका एजेण्डा मंगलबारको बैठमा टुंग्याउनेगरी छलफल गरेका थिए। अध्यक्षद्वयबीच मंगलबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्तिका मापदण्ड, पार्टी एकताका बाँकी काम लगायत बिषयको टुंगो लगाउनेगरी छलफल भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*