अपराजित रहँदै ट्रिन्बागोले जित्यो सिपिएलको उपाधि

जनपत्र
२६ भाद्र २०७७, शुक्रबार ०६:१८

ट्रिन्बागो नाइट राइडर्सले सिजनको क्यारेबियन प्रिमियर लिग ९सिपिएल० को उपाधि जितेको छ। बिहीबार राति भएको उपाधि भिडन्तमा ट्रिन्बागोले सेन्ट लुसियालाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। यो सिजन उत्कृष्ट लयमा रहेको ट्रिन्बागोले समूह चरणका १० खेल, सेमिफाइनल र फाइनल गरी लगातार १२ खेलमा अपराजित रहँदै उपाधि जितेको हो। अपराजित रहँदै सिपिएलको उपाधि जित्ने ट्रिन्बागो पहिलो टिम बन्यो। यस्तै ट्रिन्बागोले सिपिएलको उपाधि जितेको भने यो चौथो पटक हो।

कोरोना भाइरसका कारण ट्रिनिडाड एन्ड टोबागोमा मात्र भएको यस सिजनको सिपिएलमा दर्शकलाई प्रवेश दिइएको थिएन।बिहीबार राति पहिले ब्याटिङ गरेको सेन्ट लुसिया ५ बल खेल्न बाँकी छदै १५४ रनमा अलआउट भयो। उसका लागि आन्द्रे फ्रेचरले ३९ रन जोडे। मार्क डेयालले २९ रन बटुल्दा रोस्टन चेजले २२ रन र नाजिबुल्लाह जार्डानले २४ रन बटुले। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा ट्रिन्बागोका कप्तान काइरन पोलार्डले ४ विकेट लिए। फवाद अहमेद र अली खानले २(२ विकेट लिए।
१ सय ५५ रनको लक्ष्य ट्रिन्बागोले केवल २ विकेटको क्षतिमा १८।१ ओभरमा पूरा गर्‍यो। उसका लागि ओपनर लेन्ड सिमोन्सले नटआउट ८४ रन जोडे। उनले ४९ बलमा ८ चौका र ४ छक्का हिर्काए।

टियोन वेभस्टर ५ रन र टिम सेइफर्ट ४ रनमा आउट भएका थिए। तर ड्यारेन ब्राभोले नटआउट ५८ रन जोडे। उनले सिमोन्ससँग तेस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्दा ट्रिन्बागोको जित सहज बन्यो। सिमोन्स फाइनलको प्लेयर अफ दि म्याच भए भने कप्तान पोलार्डले प्लेयर अफ दि सिरिज घोषित भए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*