रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको जित

जनपत्र
२४ भाद्र २०७७, बुधबार ०६:५४

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिगमा सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे ।

खेलको ४५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै विश्व फुटबलमा आफूलाई राष्ट्रिय टोलीका लागि १०० गोल पूरा गर्ने खेलाडीको रुपमा स्थापित गरेका छन् । खेलको ७२ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० गोलको जित दिलाए । जितसँगै समूह सी को पोर्चुगलले दुई खेलबाट ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । समान अंक रहेको फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित स्विडेन तेस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*