आफ्नो शल्यक्रिया भइरहदा महिलाले पकाइरहिन् पकौडा, स्वास्थ्यकर्मी चकित
शरिरको विभिन्न भागहरुको शल्यक्रिया गर्दा मानिसहरु बेहोस हुने गर्छन् । बेहोसपछि नै डाक्टरले शल्यक्रिया शुरु गर्ने गर्छन् । तर इटीलीमा एक मानिसको शल्यक्रियाको क्रममा अनौठो काम गरिएको छ । यो अनौठो घटना इटलीको एंकोनाको हो । ६० वर्षकी एक महिला मस्तिष्कसम्बन्धि रोगबाट समस्यामा थिइन् । उनको दिमागको शल्यक्रिया गरिने भैयो ।
शल्यक्रिया गर्दा महिलालाई सुत्न नहुने बताइएको थियो । शल्यक्रिया गर्दै गर्दा समय बिताउन ती महिलाले पकौठा बनाइन् । उक्त शल्यक्रिया साढे दुई घण्टा लाग्यो । त्यस समयभित्र ती महिलाले ९० वटा पकौडा बनाइन् । इटीलिमा यस्तो पकौडालाई एपरिटिफ्स भन्ने गरिन्छ । उक्त महिलाको दिमागको शल्यक्रिया अजिन्डा ओसपेडाली रियुनिटी अस्पतालका न्यूरोसर्जरी डिपार्टमेन्टका डा। रोबर्टो ट्रिगनानीले गरेको बताइएको छ ।
शल्यक्रिया गर्दा महिलाले नै आफु बिउझिँरहने बताएकी थिइन् । उनले अपरेशन थिएटरमा नै पकौडा पकाएकी हुन् । शल्यक्रियाको समयमा उनको अगाडी पकैडा बनाउन चाहिने सबै सामानहरु राखिएको थियो । एजेन्सी






