गिरीलाई पार्टी सदस्यता दिनु पर्दैनः सर्बोच्च

जनपत्र
१२ श्रावण २०७७, सोमबार ०६:५६

सर्वोच्च अदालतले जनता समाजवादी दलबाट हटाइएकी सरीता गिरीलाई अन्तरिम आदेशबाट सो पार्टीको सदस्य र सांसद पदमा पुनर्वहाली गर्न नसकिने आइतबार आदेश गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले हाललाई अन्तरिम आदेशबाट सरीता गिरीलाई पुनर्वहाली गर्न नसकिने उल्लेख गरेको हो ।

नेपालको सार्वभौमसत्ताविरुद्ध बोलेको आरोपमा उक्त दलको केन्द्रीय कार्य समितिले गिरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो । सो बमोजिम साँसद पद पनि गुमेको थियो । आफूलाई विना कसूर पार्टीबाट हटाइएको उल्लेख गर्दै गिरीद्धारा सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*