अहंकारबाट मुक्त नभए पार्टीको होइन, व्यक्तिको पतन हुन्छ : नेपाल

जनपत्र
१० श्रावण २०७७, शनिबार ०५:४५

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई कसैले फुटाउन नसक्ने दाबी गरे । नेकपाभित्र विवाद चर्किएका कारण एक महिनादेखि स्थायी कमिटी बैठक निर्णयविहीन बनिरहेका वेला नेपालले अहिलेको अवस्थामा पार्टी फुटाउन खोजे व्यक्ति मात्र चोइटिने अवस्था देखिएको बताए ।

‘कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस्, यो मेरो सद्भाव हो, कम्युनिस्ट पार्टी फुट्दैन, फुट्नेवाला छैन, कसैले फुटाउन खोजे चोइटिएर, एक्लिएर जाला । तर, कसैले फुट्छ भनेर भन्दियो भने डरले हामी थर्थर काम्छौँ, थर्किनुपर्ने आवश्यकता छैन,’ नेपालले भने ।

कम्युनिस्ट आन्दोलनलाई विसर्जनतिर कसैले लैजान नसक्ने भन्दै उनले निराश नहुन र दास मनोवृत्तिबाट मुक्त भएर उच्च मनोबलका साथ कम्युनिस्ट पार्टीको उज्ज्वल भविष्य देखेर परिचालित हुन आग्रह पनि गरे । नेपालले विधि, पद्धतिको सट्टा आफैँलाई सर्वोपरी ठान्ने दम्भ र अहंकार प्रदर्शन गर्ने प्रवृत्तिले पार्टी नभएर व्यक्तिको पतन हुने जिकिरसमेत गरे । नयाँपत्रिकाडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*