रियल म्याड्रिडले जित्यो स्पेनिस ला लिगाको उपाधि

जनपत्र
२ श्रावण २०७७, शुक्रबार ०५:५२

रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्लारियलमाथि २-१ गोल अन्तरको जित हासिल गर्दै लिगको यस सिजनको उपाधि जितेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमाले दुवै गोल गरेका थिए । उनले खेलको २९औ र ७७औ मिनेटमा गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि इबोर्राले खेलको ८३औ मिनेटमा एक गोल गरेका थिए ।

यो सँगै रियल म्याड्रिडले लिगको एक खेल खेल्न बाँकी हुदै लिगको उपाधि जितेको छ । लिगमा ३७ खेलपछि रियलको ८६ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोना गएराती भएको ओसासुनाविरुद्धको खेल २(१ ले गुमाएपछि ३७ खेलमा ७९ अंक रहेको छ ।

रियल म्याड्रिडले ला लिगाको इतिहासमा सबैभन्दा बढी ३४औ पटक लिगको उपाधि जितेको छ । पछिल्लो पटक २०१६(१७ सिजनपछि पहिलो पटक रियलले लिगको उपाधि जितेको हो । ला लिगामा बार्सिलोनाले भने २६ पटक उपाधि जितेको छ भने एटलेटिको म्याड्रिडले १० पटक जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*