प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

जनपत्र
२६ असार २०७७, शुक्रबार ०६:०२

इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३(० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा ब्रुनो फेर्नानडेज, मानसन ग्रीनवूड र पाउल पोग्वाले एक एक गोल गरेका थिए ।

यो जितपछि युनाइटेडले महत्वपूर्ण तीन अंक बटुलेर ३४ खेलमा ५८ अंक बनाएको छ । साथै लिगको पाँचौ स्थानमा रहेको छ ।आउदो सिजनमा च्याम्पियन्स लिगमा छनौट हुने अभियानमा रहेको युनाइटेड चौथो स्थानका लागि चेल्सी र लेस्टर सिटीसँग प्रतिष्पर्धा गरिरहेको छ । चेल्सी अहिले ३४ खेलपछि ६० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने लेस्टर ३४ खेलपछि ५९ अंकसहित चौथो स्थानमा झरेको छ ।

त्यस्तै यस सिजनमा निकै खराब खेलेको एस्टन भिल्ला भने रेलिगेसनजोन मा रहेको छ । भिल्लाको ३४ खेलपछि केवल २७ अंक छ र लिगमा १९औ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*