सिपिएलका लागि सन्दीपलाई जमैका तल्लावाहले कीर्तिमानी रकममा अनुबन्ध

जनपत्र
२३ असार २०७७, मंगलवार ०७:०७

नेपाल लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै धेरै रकममा क्यारेबियन प्रिमियर लिग९सिपिएल० मा अनुबन्धित भएका छन् । आउदो सिजनकालागि सन्दीपलाई जमैका तल्लावाहले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

क्रिक इन्फो अनुसार सन्दीपसँग जमैका तल्लावाहले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । यो सिजनको सिपिएल आउदो अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने कार्यक्रम छ । कोरोना भाइरसको संकटका कारण यो सिजनको खेल सरकारको अनुमतिमा दर्शकविहीन बन्द रंगशालामा हुनेछ । सन्दीपले सिपिएल खेल्न लागेको यो तेस्रो सिजन हो । अघिल्ला सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट खेलिसकेका छन् ।

सन्दीपले सिपिएलको पहिलो सिजनमा ५ हजार अमेरिकी डलर र दोस्रो सिजनमा ७० हजार अमेरिकी डलरमा खेलेका थिए । यस सिजन सन्दीपको टिम जमैका तल्लावाहमा चर्चित क्रिकेटरहरु आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशाने थोमस जस्ता खेलाडी रहेका छन् भने सन्दीपको टिमको कप्तान रोभमान पावेल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*