ला लिगा : सेभिल्लाद्वारा रियल बेटिस पराजित

जनपत्र
३० जेष्ठ २०७७, शुक्रबार ०६:४०

लामो समयदेखि रोकिएका स्पेनिस ला लिगा शुरु भएको छ। बिहीबार बन्द रंगशालामा भएको खेलमा सेभिल्लाले रियल बेटिलाई पराजित २–० ले पराजित गरेको छ।
घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले रियल बेटिसलाई हराउन ५६ औँ मिनेटमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका थिए। खेल हेर्न रंगशालामा जान नपाएका समर्थकहरु खेल पूर्व रंगशाला बाहिर आएका थिए। जितपछि सेभिल्लाको २८ खेलबाट ५० अंक भएको छ।
सेभिल्ला तालिकाको तेस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा बार्सिलोनाको २७ बाट ५८ अंक रहेको छ भने दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ५६ अंक रहेको छ। रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ। प्रतियोगिता अन्तरगत आज भ्यालेन्सीया र लेभान्तेबीच खेल हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*