बागमती प्रदेशमा एकीकृत मोडेल कृषि फार्म विकासको काम हुँदै

जनपत्र
२३ जेष्ठ २०७७, शुक्रबार ०६:२१

हेटौंडा । बागमती प्रदेशको भूमि, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडाले व्यावसायीक रुपमा काम गर्ने कृषि फामहरुलाई करिव एक करोड रुपैयाँका दरले अनुदान वितरणबाट काम भइरहेको छ । प्रदेशका विभीन्न जिल्लामा एकीकृत मोडेल कृषि फार्म विकास तथा विस्तार कार्यक्रम अन्तरर्गत छनौट भएका दश वटा व्यावसायीक फामहरुलाई एक करोड रुपैयाँका दरले अनुदानमा काम भइरहेको हो ।

करिव ६२ प्रतिशत किसानको लगानी र ३८ प्रतिशत निर्देशनालयको लगानीमा काम गर्न लागिएको हो । आउँदो असार महिना सम्ममा काम सक्ने तयारी छ । कृषि विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार निजी कम्पनि, समुह, र सकारीलाई अनुदानमा एक करोड रुपैयाँका दरले उपलव्ध गराउन लागिएको हो । आठ जिल्लाका दश वटा कृषि फमले अहिले अनुदान पाउनका लागि मात्र काम सुरु गरेका होइनन् ।

यस अघिनै ५ देखि २५ करोड रुपैयाँ सम्म लगानी गरेर काम गर्दै आएका छन् । अधिकांश युवाहरुको सहभागितामा काम हुँदै आएको छ । कृषि क्षेत्रमा काम गरेका फमले धेरै युवालाई रोजगारी समेत दिएका छन् । नयाँ मोडलका रुपमा रहेका कृषि फाममा अरु युवालाई समेत देखिने गरी नयाँ तरिकारले काम भएको छ । यसै सन्धर्बमा हामिले कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रबिन्द्र बहादुर प्रधान संग जनपत्रका सहकर्मी हरि हुमागाईंले  कुराकानी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*