लकडाउनः बिद्यार्थी र शिक्षकलाई सिक्ने अवसर
सरकारले चैत ११ गते देखि कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण लकडाउन गरेको छ । लकडाउन भएको झण्डै एक महिना पुग्नै लागेको छ । यो समयमा देशभरका लाखौ विद्यार्थी विद्यालय जान पाएका छैनन् । मकवानपुरमा पनि लकडाउनको प्रभाव गाउँ देखि शहर सम्म परेको छ । लकडाउनका कारण अहिले शिक्षक, विद्यार्थी संगै आम अभिभाबक पनि घरभित्रै हुनुहुन्छ ।
घरभित्रनै रहेर पनि धेरै कुरा सिक्न र सिकाउन सकिन्छ । तर, शहरका विद्यार्थी टिभी, मोवाइल र ल्यापटपमै झुम्मीने, गाउँका विद्यार्थी खेलेरै दिन विताउने गरेका छन् । शिक्षक पनि अव पनि घरमा वसेको सदुपयोगलाई नयाँ कुरा सिकेर विद्यार्थीलाई अव कसरी प्रयोगात्मक रुपमा छिट्टै बुझ्ने भन्ने ध्यावन्तमा छैनन् । सवैले मोवाइल, ल्याटप, कम्प्युटर, टेलिभिजनको प्रयोग गरेका छन् । तर, त्यसको उचित सदुपयोग हुन सकेको छ की छैन अब आत्म समिक्षा गर्न जरुरी छ । विकसीत देशमा लकडाउन भएपनि विद्यार्थीलाई इन्टरनेटका माध्यमले पढाइ भएकै छ । धेरैजसो कर्मचारीको काम पनि घरबाटनै गर्न सकिएको छ । तर, लकडाउन भएपछी हामी नेपाली कर्मचारी घरमा त्यसै वस्नुपर्ने बाध्यता अरुले हैन हाम्रै कारण भएको छ ।
लकडाउनको विदामा बिद्यार्थीले समयको सदुपयोग कसरी गर्ने ?
स्कुले बालबालिकाले अभिभावको हातबाट लिएर गेम खेल्ने, सिरीयल हेर्ने, फिलीम हेर्न गरेको मोवाइलबाट नै सदुपयोग गर्न सकिन्छ । बालबालिकाले नजानेको कुरा युटुवका माध्यमले सजिलै सिक्न सकिन्छ । बालबालिका कुन नेपाली, हिन्दी वा अग्रेजी कुन भाषामा पोख्त छन् त्यही भाषामा सजिलै सर्च गरेर हेर्न र सिक्न सक्छन् । नयाँ कुरा सिक्ने, चित्र वनाउने, खाना, खाजा पकाउने कुरा सिक्ने सवै कुरा इन्टरनेटबाट सिक्ने र अभिभावकले प्रयोगात्मक तरिकाबाट सिकाउनुपर्छ । उनीहरुका लागि यो सिक्ने अवसर हुन्छ । कुनैपनि कुरा पहिलेनै सिकेको हुँदैन ।
अहिले शहरका बालबालिकाले चामल, दाल कहाँ फल्छ भन्ने पनि थाहा छैन । त्यस्ता कुरा खेतबारीमै गएर देखाएर सिकाउन पनि सकिन्छ । बालबालिकालाई कोठा भित्रै राख्नु भन्दा पनि घरको करेसा बारी, छतमा समेत तरकारी, फलफुल, फूलका विरुवा रोप्न, पानी हाल्न, गोड्न सिकाउनुपर्छ । अनी काम गर्न सक्ने उमेर अनुसार खाना वनाउन, कपडा धुन, सिकाउने ठुलो अवसर पनि हो । अरु वेलामा पढ्न जाने भएकाले भ्याएनन् भन्ने थियो । तर, अहिले त्यो अवस्था पनि रहेन । समय जती पनि छ । त्यसलाई सहि सदुपयोग गर्नुपर्छ । अहिले सिकेका कुराले पछी सम्म काम गर्न सकिन्छ । बालबालिकालाई सवै कुरामा परनिर्भर भन्दा पनि आत्म निर्भर कसरी वन्न सकिन्छ भन्ने कुरा सिकाउने अहिलेको अवसर हो ।
शिक्षकले लकडाउनलाई क्षमता बृद्धी गर्ने अवसरको रुपमा लिऔं
निजी विद्यालयमा अध्यापन गराउने शिक्षकको तुलनामा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना क्षमता बृद्धी गरेनन् । बिद्यार्थीलाई नयाँ तरिकाबाट अग्रेजी माध्यममा सिकाउन सकेनन् भन्ने सधैको आरोपलाई अव हामीले चिर्नु पर्छ । देशमा कुनै पनि संकट आइपर्दा पहिलो संकटमा विद्यालय र क्याम्पस पर्छन । भुकम्प, ससस्त्र जनयुद्ध, वन्द, हड्तालसंगै अहिले लकडाउनको मारमा विद्यालय र क्याम्पस परेका छन् । घरमै वसेर सरकारको तलव लिइरकन पनि हामिलाई भित्रभित्रै मनमा पिरोलेको छ । तर, हामीले यो समयमा केही सिकेर सहि सदुपयोग गर्न सकेमा लकडाउन अभिसाप होइन, अवसरको रुपमा वदलिन्छ ।
गाउँका विकट क्षेत्रका विद्यालयमा चक डस्टर बोकेर जाने, शहरका विद्यालयमा मार्कर वोकेर जाने भन्दा पनि उच्चतम प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई सिकाउन पहिले आफै सिकौं । अनी मात्र विद्यार्थीलाई सिकाउन सकिन्छ । आफ्नै बिद्यालयमा पढ्ने विद्यार्थीलाई स्मार्ट मोवाइलको सवै प्रयोग उसको हातमा पुगेपछी तत्काल गर्न सक्छ । तर, हामी शिक्षकले आफ्नै हातमा भएको मोवाइलको पनि उच्चतम प्रयोग गर्न सकेका छैनौ । मोवाइलबाट पनि धेरै कुरा सिक्न सकिन्छ । त्यसलाई सामाजिक सञ्जाल चलाउने, फोन गर्ने, म्यासेज गर्ने मात्र भन्दा पनि विद्यार्थीलाई कुनैपनि कुरा सिकाउन वलियो माध्यम वन्न सक्छ । अव आफु पढाउने, विद्यार्थी सुन्ने भन्दा पनि बिद्यार्थी स्वयंलाई प्रयोगात्मक तरिकाले सिकाउनका लागि के के गर्न सकिन्छ भन्ने विषयमा आफु सीकौं र विद्यार्थीलाई पनि सिकाऔं ।
कोरोना भाइरसको मनोवैज्ञानीक त्रासबाट सवै मुक्त रहनु अहिलेको आवस्यक्ता
कोरोना भाइरसको त्रासबाट अहिले पनि धेरै बालबालिका, अभिभावक र शिक्षक समेत रहेका छन् । यसको त्रासबाट मुक्त हुनका लागि हामिले वेलैमा सोच्नुपर्छ । लामो समयदेखी बिभिन देशहरुमा कोरोना भाइरसको माहामारीले हाम्रो देश नेपालमा पनी निकै प्रभाव पारेको छ । सोही माहामारीका कारण नेपालमा लकडाउन भएको पनी एक महिना पुग्नै लागिसकेको छ । यो समय बिद्यार्थीहरुकालागी एक बर्षभरी पढेका मेहनतको नतिजा आएर नयां कक्षा, नयाँ किताब कापी, नयाँ पोसाक लगाएर बिद्यालय जाने समय हो । तर, कोरा्ना भाइरस जस्तो माहामारीले गर्दा यस बर्ष बिद्यार्थीहरु नयाँ उमडं, नयां जोस जांगरबाट बचित हुन परेको छ ।
यस समयलाइ आफ्नो अमूल्य समयमानी लकडाउनको सदुपयोग गरेमा उज्ज्वल भविष्य बनाउन सकिन्छ । अहिले पनि दुर्गम क्षेत्रका बालबालिकाहरुलाइ यो समय काममै भ्याइनभ्याइ छ । यतिबेला बर्षदिन खाने बाली मकै लगाउन, मल बोक्न, छेउकूना खन्ने लगायतका कामहरुमा ब्यस्त बिद्यार्थीहरुलाइ यो लकडाउनको समयको उचित सदुपयोग भएको छ ।
जनपत्रका लेखक उज्वल आधारभूत विद्यालय मकवानपुरगढी गाउँपालिका वडानम्बर ५ देउरालीमा कार्यरत हुनुहुन्छ ।







