यसकारण बन्यो अमेरिका कोरोना भाइरसको केन्द्र

जनपत्र
२१ चैत्र २०७६, शुक्रबार ०७:३७

पछिल्ला दिनमा अमेरिका कोरोना ‘कोभिड-१९’ भाइरसको मुख्य केन्द्र बनेको छ। भाइरस उत्पत्ति भएको चीन र त्यसकै कारण ठूलो मानवीय क्षति भएको युरोपेली देशहरूबाट पाठ सिक्न नसक्दा अमेरिकाले अहिले ती देशमा भन्दा ठूलो क्षति बेहोरिरहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

अमेरिकावासीका लागि आगामी दिनमा अझै पीडादायी हुने प्रक्षेपण गरिएको छ। बिहीबारसम्म अमेरिकामा कोरोनाबाट ५१ सयको मृत्यु र सबा दुई लाख संक्रमित छन् । त्यहाँ ठूलो संख्यामा कोरोनाबाट संक्रमित हुनुमा मेडिकल सामग्रीको अभाव पनि एउटा प्रमुख कारण देखिएको छ। विज्ञहरूका अनुसार कोरोना प्रभावित क्षेत्रमा मास्क, गाउन, भेन्टिलेटरजस्ता अत्यावश्यकीय वस्तुको चरम अभाव छ। मेडिकल सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीले बारम्बार त्यसैलाई पुनप्रयोग गर्न बाध्य भए भने केही काम चलाउ सामग्री बनाए।

जर्ज वासिङ्टन युनिभर्सिटीका प्राध्यापक लेभीका अनुसार दक्षिण कोरिया कोरोना नियन्त्रण गर्न सफल हुनुको मुख्य कारण त्यहाँ भएको परीक्षणमा गरिएको तीव्रता हो। अमेरिकाले समयमै परीक्षण मात्र गरेर चीनको भाइरस भनेर हेलचेत्र्mयाइँ ग¥यो । ‘महामारीको प्रकृतिलाई समयमै मूल्यांकन गर्न नसक्दा अमेरिकाको यस्तो हालत भयो,’ प्राध्याकपक लेभी भन्छन्।

राष्ट्रपतिको नजरअन्दाज र राजनीतिक विवादले पनि यो भाइरस फैलिन मद्दत गर्यो। जानाकारहरूका अनुसार ट्रम्पको होस वास्तवमै ढिलो खुलेको थियो। उनको अभिव्यक्तिपछि ट्रम्प प्रशासनका अधिकारीहरूले अहिले भइरहेका नियन्त्रणका प्रयासका बाबजुद पनि कम्तीमा १ लाख अमेरिकीको मृत्यु हुने बताएका थिए।

अमेरिकामा ठूलो मानवीय क्षति हुनुको अर्को मुख्य कारण सामाजिक दूरी पालना नहुनु पनि हो। कलेज ब्रेक हुनेबित्तिकै विद्यार्थीहरू प्mलोरिडाको समुद्री तटमा भिडमा देखिन्थे। संक्रमण फैलिरहेका वेला न्युयोर्क सिटीमा कारको ताँती गुड्थे।नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*