अमेरिकामा धबारमात्रै १ हजार ४९ जनाको मृत्यु, संक्रमित संख्या दुई लाख नाघ्यो

जनपत्र
२० चैत्र २०७६, बिहीबार ०७:१८

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट बुधबार एक हजार बढीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा एक हजार ४९ जनाको मृत्यु भएको हो। यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। योसँगै मर्नेको संख्या ५ हजार १ सय २ पुगेको छ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ। बुधबारमात्रै २६ हजार ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या दुई लाख १५ हजार पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगामी दुई हप्ता अमेरिकाको लागि धेरै दुःखद दिन हुने बताएका थिए। उनले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा लाखौंको ज्यान जानेसमेत भविष्यवाणी गरेका थिए।

त्यसका लागि अमेरिकी नागरिकहरु सचेत हुन उनले आह्वान गरेका थिए। त्यसका लागि अमेरिकाले आवश्यक कदमहरु चालेका छन्। अमेरिकामा सबैभन्दा बढी न्युयोर्कमा संक्रमितहरु रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*