ट्रम्पले भने–आगामी दुई साता अमेरिकाका लागि अझै पीडादायी, मृत्यु हुने संख्या १ लाख नाघ्न सक्ने

जनपत्र
१९ चैत्र २०७६, बुधबार ०७:४४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साता अमेरिकी जनताका लागि पीडादायी समय हुने बताएका छन्। अमेरिकामा दिनहुँ कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएको अवस्थामा ट्रम्पले सिएनएनसँग कुराकानी गर्दै आगामी दुई सातामा अझै बढी संक्रमण बढ्ने औंल्याएका छन्। ट्रम्पले कोभिड–१९ संक्रमणले अमेरिकामा १ लाखभन्दा बढीले ज्यान गुमाउने सम्भावना बढ्दै गएको समेत बताए।

‘हाम्रा लागि अब आउने साता ज्यादै जोखिमयुक्त छन्, कोभिड–१९ संक्रमण अझै बढ्दै जानेछ, त्यसलाई नियन्त्रणमा लिन अमेरिकी सरकारले हरसम्भव प्रयास गरिरहेको छ,’ उनले भने। कोभिड–१९ अमेरिकामा मंगलबार मात्र कोरोना संक्रमणले ७ सय २६ जनाको ज्यान गइसकेको छ। यससँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६७ पुगेको छ।

मंगलबार मात्र अमेरिकामा २३ हजार ९ सय ४१ जनामा यो रोगको संक्रमण देखिएको छ। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ८७ हजार ७ सय २९ पुगिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*