कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, २४ घण्टामा ४ हजार ३०० को मृत्यु
कोरोना भाइरस ‘कोभिड–१९’ बाट पछिल्लो २४ घण्टामा ४ हजार ३०० को मृत्यु भएको छ । हिजो ९मंगलबार० बिहान ७ बजे कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ थियो आज सोही समयमा यो संख्या बढेर ४२ हजार ११४ पुगेको छ ।विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख ५७ हजार २९९ मा देखिसकेको छ । यसमध्ये ४२ हजार ११४ जनाको ज्यान जाँदा १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् ।
अहिले ६ लाख ३८ हजार ४४ मा यो भाइरसबाट संक्रसमित छन् । यसमध्ये ६ लाख ५ हजार ७४७ को अवस्था सामान्य छ भने ३२ हजार २९७ को अवस्था गम्भीर छ । कारोनाको संक्रमण सुरुभए यता ८१ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ८३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्पेनमा पछिल्लो एक दिनमा ७४८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ४६४ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ७२६ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ३ हजार ८६८ पुगेको छ । पछिल्लो एक दिनमा अमेरिकामा सबैभन्दा धेरै २३ हजार ९४१ कोरोना संक्रमति भेटिएका छन् । २४ घण्टामा स्पेनमा ७ हजार ९६७ नयाँ संक्रमित फेला पर्दा इटलीमा ४ हजार ५३ कोरोना संक्रमित भेटिएका छन् ।
विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमणको आशंकामा ८७ जना आइसोलेसनमा रहेका छन् । सरकारले यसको संक्रमण न्यूनिकरणका लागि लकडाउन गरेको छ । लकडाउनको आज नवौं दिन हो । कोरोनाको महामारीबाट बच्न अहिले विश्वको करिव एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न वाध्य छ ।बाह्रखरीबाट






