के हो दिल्लीको ‘मरकज’ प्रकरण ? कोरोना फैलाउन कति जिम्मेवार ?

जनपत्र
१९ चैत्र २०७६, बुधबार ०७:२८

भारतको नयाँ दिल्लीको मुस्लिमहरुको धार्मिकस्थल निजामुद्धीनस्थित तबलीगी जमातको मरकजमा जम्मा भएकाहरुबाट भारतमा कोरोना फैलिएको र अझ भयाभव हुनसक्ने अनुमान गरिएको छ । मरकजमा भारत बाहेक विश्वका कैयौ देशबाट आएका ३ हजारभन्दा बढी मानिस जम्मा भएको र उनीहरु भारतका विभिन्न राज्यमा गएको पाइएको छ ।

सबैभन्दा पहिला अन्डमान निकोबारमा कोरोना संक्रमणबाट मृत्यु भएको केस बाहिर आएपछि दिल्लीस्थित मरकजमा अझैपनि १५ सय मानिस रहेको खुलासा भएपछि दिल्लीमा हडकम्प मच्चिएको थियो । मरकजमा विदेशबाट आएकाहरुबाट कोरोना फैलिएको बताइएको छ । प्राप्त जानकारी अनुसार अन्डमान निकोबारमा पुगेको कोरोना संक्रमित व्यक्ति दिल्लीसहित आठ ठाउमा पुगेको थियो ।

अहिले मरकजबाट मानिसहरु कँहा कँहा पुगे भन्ने खोजीमा भारत सरकार जुटेको छ । प्राप्त विवरण अनुसार मरकजमा मार्च २१ सम्म २१६ विदेशी र १५३० भारतीयसहित १७४६ जना थिए । त्यस्तै ८२४ जना विदेशीहरुले देशका विभिन्न गतिविधिमा सामेल भएका थिए । अहिले १५४८ जनालाई प्रशासनले मरकजबाट बाहिर निकालेको छ भने त्यसमा ४४१ जना संक्रमित पुष्टि भएको छ ।

मरकजबाट निस्किएकाहरु अहिलेसम्म भारतको १९ राज्यमा पुगिसकेको बताइएको छ । अहिले हरेक राज्य उनीहरुको खोजीमा जुटेको छ भने कैयौको पत्ता लागेको र उनीहरु संक्रमित भेटिएको बताइएको छ । सबैभन्दा धेरै तामिलनाडुमा ५ सय जना, असममा २१६, उत्तरप्रदेशमा १५६ जना, महाराष्ट्रमा १०८ र मध्यप्रदेशमा १०७ जना पुगेको बताइएको छ ।

अब युरोपका कैयौ देश जस्तै फ्रान्स, स्पेन, इटालीमा धार्मिक स्थलबाट कोरोना फैलिएर महामारी बने जस्तै भारतमा पनि महामारी बन्न सक्ने खतरा देखिएको छ । दिल्लीस्थित निजामुद्धीनको धार्मिक स्थल भारतमा कोरोना संक्रमणको प्रमुख कारण बन्न सक्ने देखिएको छ ।

अहिले सरकार कोरोनाबाट संक्रमित र मृत्यु हुनेको निजामुद्धीनसँगको सम्पर्क बारे सोधखोजमा जुटेको छ । प्रशासन ढिलो गरि जागेको छ र अहिले निजामुद्धीन भित्र रहेकालाई स्वास्थ्य परिक्षण गरेर अस्पताल पुर्याइएको छ । सो निजामुद्धीनमा १९ जना नेपालका समेत रहेको र उनीहरु अहिले नेपाल आइसकेको बताइएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ भने एक हजार ३९७ जना संक्रमित भएका छन् । त्यस्तै १२४ जना उपचारपछि ठिक भएका छन् ।खरिबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*