स्पेनमा कोरोना भाइरसका कारण सोमबारमात्रै ९१३ जनाभन्दा बढीको मृत्यु
स्पेनमा कोरोना भाइरसका कारण सोमबारमात्रै ९१३ जनाभन्दा बढीको ज्यान गएको छ । यतिधेरै जनाको मृत्यु भएको यो पहिलो घटना हो । त्यस्तै संक्रमितहरुको संख्या झण्डै ८८ हजार पुगेको छ । हालसम्म भाइरसका कारण ७ हजार ७१६ जनाको मृत्यु भएको छ । केही दिनयता स्पेनमा मृतकको सबैभन्दा उच्च रहेको छ ।
लगातर यसरी मानिसहरुको मृत्यु हुदाँ भाइरस नियन्त्रणबाहिर रहेको सरकारले स्पष्ट पारिसकेको छ । मृत्युदर अति नै उच्च भएपछि सन्त्रासको स्थिति रहेको छ । यो संकटले स्पेनमा अर्को महासंकट जन्माउने निश्चित रहेको अधिकारीहरुले बताएका छन् । स्पेनले अन्य देशसँग सहयोगको माग गरेको छ । चरम औषधि अभाव भएपछि स्पेनले सहयोग मागेको हो ।






