कोरोना भाइरस अपडेट : २४ घण्टामा थप ३७ सय १५ को मृत्यु’ संक्रमितको संख्या सात लाख ८४ हजार

जनपत्र
१८ चैत्र २०७६, मंगलवार ०७:०७

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट सोमबार एकैदिन ३७ सय १५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८० पुगेको छ। संक्रमितको संख्या सात लाख ८४ हजार ३ सय ८१ पुगेको छ। यो सोमबार बिहान पौने ७ बजेसम्मको तथ्यांक हो।

गएको २४ घन्टामा यसको संक्रमणबाट स्पेनमा सबैभन्दा बढी ९ सय १३ जनाको मृत्यु भएको छ। यो सँगै स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ। त्यहाँ अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ। स्पेनपछि सोमबार सबैभन्दा धेरै इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या एक लाख नाघेको छ। त्यहाँ अहिलेसम्म एक लाख १ हजार सात सय ३९ जना संक्रमित भएका छन्।

अमेरिकामा गएको २४ घन्टामा कोरोना संक्रमणबाट पाँच सय ६५ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो एकैदिन करिब २० हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ। त्यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म ३१ सय ४१ जनाको मृत्यु भएको छ। फ्रान्समा कोरोना संक्रमणबाट सोमबार ४ सय १८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ३ हजार नाघेको छ भने साढे ४४ हजारभन्दा धेरै संक्रमित भएका छन्।

त्यसैगरी युकेमा सोमबार कोरोना संक्रमित १८० जनाको मृत्यु भएको छ। त्यहाँ २२ हजार १ सय ४१ जना संक्रमित छन्।त्यसैगरी इरानमा सोमबार कोरोना संक्रमित ११७ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या २७ सय ५७ र संक्रमितको संख्खा ४१ हजार ४ सय ९५ पुगेको छ। त्यस्तै जर्मनीमा सोमबार एक सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या ६६ हजार ८ सय ८५ पुगेको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। त्यहाँ सोमबार एकैदिन यसको संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ १२ सय ५१ जनामा यसको संक्रमण देखिएको छ। अर्को छिमेकी देश चीमा सोमबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। त्यहाँ ३१ जना नयाँ संक्रमित थपिमएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा ३३ सय ४ पुगेको छ। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*