अमेरिकामा कम्तिमा २ सय नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना

जनपत्र
१७ चैत्र २०७६, सोमबार ०८:०८

अमेरिकामा कम्तिमा २ सय नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना भएका छन्। ति मध्ये कतिपयलाई कोरोनाको पुष्टी समेत भएको इन्जाका अध्यक्ष एवं पत्रकार गुणराज लुइटेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्।लुइटेलका अनुसार न्यूयोर्कको हस्पिटलहरुमा कम्तिमा २ सय जना नेपाली कोभिड-१९ बाट पोजेटिभ वा हस्पिटलाइज भएका छन्। यो नेपालमा भएका सबै संक्रमित भन्दा कैयौं गुणा बढी होु

न्यूयोर्कका समाजसेवी जीवन बम र चर्चित फोटोरभिडियोग्राफर शम्भु मोक्तानले छुट्टाछुट्टै रुपमा आफूहरुलाई कोरोना भाइरस भएको कुरा सार्वजनिक हितको लागि जानकारी गराएको पनि लुइटेलले बताए। लुइटेलले फेसबुकमा लेखेका छ्न्, ुशम्भूजीको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बुझिएको छ । उहॉहरुको साहस र समाजप्रतिको उत्तरदायित्वबोधको उच्च प्रशंसा गर्दछु । उनले अन्य नेपाली कसैलाई कोरोना भएको छ भने तुरुन्त सार्वजनिक गर्नुहुन अनुरोध गर्दै विरामी भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छ्न् ।

न्यूयोर्क क्षेत्र अमेरिकामा विशेषतस् अहिले कोरोना ग्रसित क्षेत्र भएको छ।डाक्टरहरुको भनाइ अनुसार कोभिड(१९ लागेका ९० देखि ९५ प्रतिशत मानिसलाई निको हुने उल्लेख गर्दै उनले डराउने भन्दा पनि आत्मबल बढाएर डाक्टरको सल्लाह अनुसार सतर्कता अपनाउन जरुरी रहेको फेसबुकमा शेयर गरेका छन्। पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा १ लाख ४१ हजार ८११ जना संक्रमित भएका छन् । २ हजार ४ सय ७१ जनाको ज्यान गएको छ । यो तथ्यांक वल्डोमिटर्सडटइन्फोको हो भने जोन्स हप्किन्स विश्वविद्यालयले मृतकको संख्या २ हजार ४ सय १४ पुगेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*