मैले त यहाँ कुनै भाइरस उडिरहेको देखिनँः बेलारुसका राष्ट्रपति

जनपत्र
१७ चैत्र २०७६, सोमबार ०७:०९

‘मैले त यहाँ कुनै भाइरस उडिरहेको देखिनँ ।’बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकेशेंकालाई आफ्नो देशमा कोरोना भाइरस संक्रमण रोक्ने कोसिस किन गरिरहनुभएको छैन भनेर प्रश्न सोध्दा उनले हाँस्दै यही जवाफ दिए ।

आइस हकीको एक खेलको क्रममा टिभी पत्रकारले लुकेशेंकालाई खेल किन स्थगित नगरेको भनेर सोध्दा उनले भने, ‘खेल आयोजना गर्दा कुनै समस्या छैन किनभने स्टेडियमको चिसोल भाइरस फैलनबाट रोक्नेछ ।’

लुकेशेंकाले भने, ‘यहाँ कुनै भाइरस छैन । तपाईंले ती भाइरस यहाँ उडिरहेको त देख्नुभएको छैन कि रु मैले पनि देखिनँ । हेर्नुहोस्, यहाँ बरफ छ । यो भाइरस मार्ने सबैभन्दा राम्रो तरिका हो ।’ अन्य युरोपेली देशभन्दा विपरित बेलारुसले कुनै पनि खेल प्रतिस्पर्धा स्थगित गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*