कोरोना कहर : एक लाख ३७ हजार निको भए, ६ लाख ५२ हजार संक्रमित

जनपत्र
१६ चैत्र २०७६, आईतवार ०७:०३

विश्वभर फैलदै गएको कोरोना भाइरसको संक्रमितको संख्या ६ लाख ५२ हजार पुगेको छ। शनिबार बेलुकासम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ६ लाख ५२ हजार ७९ पुगेको हो।

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार ३ सय १३ पुगेको छ भने अहिलेसम्म कोरोना संक्रमित एक लाख ३७ हजार ३ सय १९ जना उपचारपछि निको भएका छन्।

सबैभन्दा संक्रमित अहिले अमेरिकामा देखिएका छन्। अमेरिकामा संक्रमितको संख्या नै एक लाख १९ हजार ७ सय ४८ पुगेको छ। दोस्रोमा इटली ९२ हजार ४ सय ७२ पुगेको छ। कोरोना भाइरस शुरु भएको चीन ८३ हजार संक्रमितसहित तेस्रो स्थानमा छ। स्पेनमा ७२ हजार संक्रमित पुगिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*