कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय
कोरोना संक्रमण “कोभिड-१९’ बाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ५२ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित आइतबार बिहान ६ बजेको तथ्यांक अनुसार, विश्वभर ६ लाख ६० हजार ७ सय ६ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ३९ हजार ४ सय १५ जना उपचारपछि निको भइसकेका छन्।






