कोरोना भाइरसः चीनमा सम्बन्धविच्छेद बढे !
कोरोना भाइरसले विश्वभर विभिन्न मानिसहरुको ज्यान मात्र लिएको छैन । यसका कारण चीनमा अरु समस्या पनि देखिन थालेका छन् ।
चीनको शिचुआन प्रान्तमा कोरोना भाइरस आएयता एक महिनामा ३ सयभन्दा धेरै दम्पत्तिले सम्बन्धविच्छेदका लागि अदालतमा आवेदन दिएका छन् ।
मिडियाका रिपोट्सका अनुसार कोरोना भाइरसका कारण मानिसहरु घरमा नै बस्न परेपछि पति र पत्नीबीच विवादका शृङ्खला बढेका छन् र उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका छन् ।






