१०३ वर्षीया वृद्धालाई पनि कोरोना संक्रमण, ६ दिनमै निको भइन्
संसारमै सबैभन्दा बढी उमेरमा कोरोना संक्रमित बनेर एक १०३ वर्षीया वृद्धा घर फर्केकी छिन् । झाङ गुवाङफेन ६ दिनको उपचारपछि कोरोनाबाट निको भएर घर फर्किएकी छिन् । ६ दिन अस्पताल बसेर कोरोनाको उपचार गरेपछि वुहानस्थित एक अस्पतालबाट उनी घर फर्किएकी हुन् ।
उनको उपचारमा संलग्न चिकित्सक जेन युलानका अनुसार उनलाई सामान्य क्रोनिक ब्रोङ्काइटिस देखिएको र सामान्य उपचारपछि कोरोनामुक्त बनेको जानकारी दिए । स्थानीय लियुआन अस्पतालमा १ मार्चमा पुगेकी उनी ६ दिनपछि निको भएर घर फर्किएकी चुतिएन महानगर दैनिकमा खबर प्रकाशित छ ।
उक्त अनलाइनमा सार्वजनिक भिडियोमा वृद्धालाई स्कर्टिङ गर्दै अस्पतालबाट एम्बुलेन्समा राखिएको तस्बिर मंगलबार प्रकाशित भएको थियो । कोरोनाले सबैभन्दा धेरै रोगीहरु र वृद्धवृद्धालाई सहजै संक्रमण गर्ने तथ्यांकहरुले पुष्टि गरेका छन् । ती हजुरआमा संसारकै सबैभन्दा बढी उमेरमा कोरोनाबाट संक्रमित भएर निको हुने बिरामी बनेकी छिन् । यसअघि वुहानमै १०१ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण भएको थियो ।
चिनियाँ जनमुक्ति सेनाका चिकित्सकले एक १०० वर्षीय वृद्धालाई पनि कोरोना संक्रमणबाट निको बनाएका थिए । उनी अल्जाइमर, हाइपरटेन्सन र हृदयाघातबाट समेत पीडित थिए । वुहानमा १ करोड १० लाख स्थानीय जनवरीको अन्तिमसम्म घरभित्रै थुनिएका थिए । कोरोनाले ८० हजार ७ सयभन्दा बढी मानिसहरु चीनमा संक्रमित भएका थिए, जसमध्ये ३ हजार मानिसको मृत्यू नै भयो । एजेन्सी






