भारतको ओडिशामा होली खेलेपछि नुहाउने क्रममा १५ जनाको ज्यान गयो

जनपत्र
२८ फाल्गुन २०७६, बुधबार ०६:२५

भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको ज्यान गएको छ । मङ्गलबार होली मनाएर नुहाउने क्रममा विभिन्न ठाउँमा भएका घटनामा १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीले बताएको बीबीसीले जनाएको छ । विभिन्न नदी तथा पोखरीमा नुहाउने क्रममा डुबेका १५ जनाको शव भेटिएको खबरमा उल्लेख छ ।

अघिल्ला वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेकोले यस वर्ष स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो । प्रशासनको निगरानीकै बीच नुहाउन गएकाहरुको ज्यान गएको हो । होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो ।

कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले भने, ‘जिल्ला प्रशासनको तर्फबाट होलीमा मानिसहरुलाई नदीमा नजान पूरै कोसिस गरिन्छ । विभिन्न व्यक्तिलाई चेतावनी पनि दिइन्छ । तर पनि यस्ता दुखद् घटना भइरहन्छ । यस्तो घटना हुन नदिन अझै सचेत रहनुपर्छ ।’ उनले कटकमा मारिएका तीन जनाको परिवारलाई चार लाख भारु सरकारको तर्फबाट दिइने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*