मकवानपुर गढीका मेहनती किसानः गाई, भैसीबाट मासिक २ लाख
हेटौंडा । मकवानपुर गढीका किसानले गाई र भैसी पालेरै मासिक २ लाख रुपैयाँ आमदानी गर्दै आएका छन् । पहिले परमपरागत रुपमा एउटा, दुइवटा भैसी पाल्दै आएपनि अहिले भने व्यावसायीक रुपमा भैसी पालन गरेर राम्रो आमदानी लिन सफल भएका हुन् । मेहनत गरेमा गाउँमानै भैसी पालन गरेर आमदानी लिन सकिन्छ भन्ने उदाहरण समेत देखाइएको छ ।
नेपालमा बसेर के नै गर्न सक्छ र ? नेपालमा रोजगार छैन, नेपालमा आम्दानीको बाटो नै छैन भन्ने युवाको जमात निक्कै ठुलो छ । तर मेहेनत गर्नेहरुको लागि नेपालमा नै राम्रो आम्दानी हुन्छ भन्ने कुरा मकवानपुरगढिका ५८ वार्षिय लिलानाथ घिमिरे (जुँगे बा) ले गरेर देखाउनु भएको छ ।

मकवानपुर गढि गाउँपालिका ५ सोलिथुम पेटीटोलमा लिलानाथ घिमिरे र भवनाथ दाहालको संयुक्त लगानीमा स्थापना गरिएको मकवानि एग्रो प्रालि मा भैसी र गाई पालन गर्दै आएको छ । कुल एक करोड चालिस लाखको लगानीमा खोलिएको फार्ममा ३६ वटा भैसी, एक वटा ब्याडे राँगो र १२ ओटा गाई पाल्दै आएको छ ।

दैनिक ३८० देखि ४०० लिटरसम्म दुध उत्पादन हुने फार्मबाट मासिक ७ लाखसम्मको दुध बिक्रि हुने गरेको र सबै खर्च कटाएर मासिक २ लाख रुपैया आम्दानी हुने लिलानाथ घिमिरेले जानकारी दिनु भयो । भैसीबाट गाईको तुलनामा दुध कम उत्पादन हुने भएपनि गुणस्तरिय दुध उत्पादनको लागि भैसी धेरै पालेको र अझै भैसीको संख्या बढाउने सोचमा रहेको घिमिरेले बताउनु भयो ।
सम्पूर्ण कुराकानी भिडियोमा हेर्नुहोला ।







