मनहरीबाट रुद्राक्ष सहित ३ जना पक्राउ

जनपत्र
२८ पुष २०७६, सोमबार १५:३९

हेटौंडा । मकवानपुर प्रहरीले बुद्धचित्त र रुद्राक्ष सहित ३ जनालाई पक्राउ गरेको छ । आईतबार दिउँसो मकवानपुरको मनहरी गाउँपलिका स्थित पुर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलिले काठमाण्डौबाट भारत तर्फ जाँदै बिआर ०१ पिएच ४९४० नंबरको भारतिय कारलाई रोकी चेकजाँच गर्दा उक्त कार भित्र बोरा र झोलामा लुकाई छिपाई ल्याएको बुद्ध चित्त माला १७७० थान र रुद्राक्ष को माला १४४ थान सहित कार चालक भारतको बिहार बस्ने वर्ष मुन्ना यादव सहित ३ जना पक्राउ गरेको छ ।

यस्तै पक्राउ पर्नेमा काभ्रे साविक तिमाल गाविस वडा नंबर २ बस्ने वर्ष ४२ का जगत लामा तामाङ र जिल्ला काभ्रे साविक तिमाल गाविस वडा नंबर ६ बस्ने वर्ष ४२ का सुर्यमान तामाङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पक्राउ परेका ३ जनालाई आवश्यक कारबाहीको लागी वन कार्यालय तर्फ पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*