नेपाल भारत सीमा समस्या : जवाफसँगै वार्ताको तयारी

जनपत्र
२७ पुष २०७६, आईतवार ०६:४३

भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिवार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौं । पहिलो पत्रको जवाफमा वार्तामा बस्त तयार छौं भनेका थियौं, वाताको मिति तय गरेर जवाफ पठाउने कुरा बताए ।

नेपालसँग जोडीएको सीमा समस्या समाधान गर्न नेपालले पठाएको कूटनीतिक नोटको पहिलो जवाफ भारतले दियो । भारत सरकारले सीमा समस्या कूटनीतिक वार्ताबाटै समाधान गर्न तत्परता देखाउँदै जवाफ दिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*