लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापनः प्रदेश ३ मा यस्तो छ अवस्था
प्रत्येक बर्षको नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैंगिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान मनाइरहेका हुन्छौंं । यस बर्षको नेपालको राष्ट्रिय नारा समानताको पुस्ता, बलाकात्कार विरुद्ध ऐक्यबद्धता राखिएको , लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान मनाइ रहेको बेलामा खोटाङमा एक महिलालाई बलात्कारको प्रयास गर्दा महिलाले प्रतिकार गर्न सफल त भए तर दुइतै स्तनको मुन्टो काटेर जघन्य महिला हिंसा गर्यो ति महिलाको ६ महिने दूध खाने बच्चाको बालअधिकार हनन गरेका समाचार, महिनावारी भएको वेलामा छाउ गोठमा सर्पले टोकेर मरेको वा चिसोले मरेको समाचार सुन्दा र पढ्दा सबै मानिसको मुटु छियाछिया पारेको छ ।
महिला पुनःस्थापना केन्द्र ओरेकले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन अयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अन्वेषी’वर्ष पुस्तकअनुसार ११.९८ प्रतिशत (१५८जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिकामाथि बलात्कार, १.३६ प्रतिशत (१८जना¬) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ।
गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३ सय १९ हिंसाका घटना भएका छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८ जना महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ।
ओरेकका अनुसार एक हजार ३१९ घटनाको करिब ६६ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत सामाजिक हिंसाको तथ्याङ्कले महिला घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको बताए। प्रदेश नं. ३ मा प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्र १० जिल्लाको अभिलेख अनुसार २०७६ श्रावण् देखि कार्तिक मसान्त सम्म जवरजस्तीकरण्ी ८५, जजकउ ३१ , मानव बेचविखन ७ र बालविवाह २ रहेका छन् । जनपत्रका लेखक प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयका आठौ तहका महिला विकास अधिकृत हुनुहुन्छ ।







