निर्वाचन परिणामपछि एमाले : समीक्षा आवश्यक, निराशा होइन संघर्षको नयाँ आधार

जगन्नाथ थपलिया
८ चैत्र २०८२, आईतवार १४:५५

भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनले दिएको परिणाम बाट नयाँ दल र पुराना दलका बारेमा विभिन्न तर्क, वितर्क र विश्लेषण बाढी आईरहेका छ्न । विश्लेषण गर्नु स्वभाविक हो तर विश्लेषणका नाममा निराशा, कुण्ठा र जनताको मनोवल गिराउने विषवमन गर्नु र गराईनु कदापि सहन गर्न सक्ने विषय हैन । जहाँ सम्म एमाले ले हासिल गरेको परिणाम प्रति विभिन्न कोणबाट विश्लेषण हुन जरुरी छ ।

नेकपा एमाले यो देशको समाजवाद निर्माण गर्ने , सुस्पस्ट विचार बोकेको पार्टी हो । लामो समय दुख गरेको ईमान्दार नेतृवको टिम र आधारभुत तह सम्म विशाल संगठन बोकेको र सयौं कार्यकर्ता तल्लो तह सम्म कार्यरत रहेको विशाल पार्टि हो । रास्ट्रियता प्रति दर्हो अडान भएको नेतृत्व एमाले भित्र छ यो चिज बाट विश्व साम्राज्यवादि शक्तिहरुले एमालेलाई कसरी समाप्त पार्न सकिन्छ बनेर विभिन्न प्रयोगहरु गरिरहेका छन । जस्तै मदन भण्डारीको हत्या प्रकरण, २०५४ र २०७६ को पार्टी विभाजन गराउने घटना सामान्य थिएन । ति सबै घटनाको बाबजुद नेकपा एमाले अझ सशक्त र जुझारु हुँदै आफ्नो देशको सार्वौभम सत्ता र आफ्नो भुभाग जोगाउने रास्ट्रियताको झण्डालाई बुलन्दका साथ विश्व सामु प्रस्तुत भयो । नेकपा एमालेलाई कमजोर नबनाई साम्राज्य तथा विस्तारवादी सपना पूरा हुने देखिएन ।

फलस्वरूप नेकपा एमालेको पहिलो नेतृत्वलाई विस्थापित गरि उनिहरुको ईशारामा चल्ने नेतृत्व ल्याउन उनिहरुको आवश्यकता बनेको थियो । त्यसैको आधारमा तत्कालीन प्रधानमन्त्री के।पि ओलिलाई विभिन्न ढंगले विस्थापित गर्न भाद्र २३ र २४ गते घटना घटाई आफ्नो अनुकुलताको सरकार निर्माण का लागि विभिन्न कृयाकलापहरु भए जुन अहिले सम्पन्न निर्वाचनको नतिजा त्यसको ज्वलन्त उदाहरण हो । कुनै पनि चिजको परिवर्तनको लागि आन्तरिक र वाह्य तत्वहरु हुन्छ्न यसपटक नेपालका राजनीतिक दलको आन्तरिक खिचातानी, अनावश्यक गुटबन्दीका कारण बाह्र्य शक्ति हावी हुने मौका मिल्यो । यो परिणाम आउनमा राजनीतिक पार्टिहरुको विचको उच्च समझदारी नहुनु पनि अर्को कारण हो ।

जे जस्तो परिणाम आयो त्यसलाई स्विकार्दै वर्तमान परिपेक्षमा देखिएका नयाँ चुनौतीहरुको सामना गर्न र आफुलाई तयार गराउनु आजको आवश्यकता हो । आज को परिणामलाइ आधार देखाएर नेतृत्व प्रति विभिन्न कमजोरीका छिद्र खोजी प्रहार गर्ने र कार्यकर्तालाई निराशा बनाउने कुरा कदापि स्विकार्य हुदैन । तसर्थ वर्तमान नेतृत्व प्रती पुर्ण भरोसा र विश्वासका साथ गम्भीर समीक्षा गरि समाजवाद निर्माणको बाटो अविचलित हुदै हार बाट निराश नभैकन अगाडि बढनु आजको नेकपा एमालेको कार्यकताको प्रमुख दायित्व हो ।

लेखक नेकपा एमाले बागमती प्रदेशको संसदीय दलका नेता हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*