मकवानपुरमा १०७ किलो गाँजासहित दुई जना युवक पक्राउ

जनपत्र
२६ फाल्गुन २०८२, मंगलवार २०:०१

हेटौंडा — मकवानपुर प्रहरीले सोमबार राति १ सय ७ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । १०७ केजी गाँजासहित अटो चालक मकवानपुर राक्सिराङ गाउँपालिका-६ धुसराङका ३३ वर्षीय सन्तसिंह लामा राक्सिराङ गाउँपालिका-२ सुनारी सौराहका ३० वर्षीय सन्तवीर मोक्तानलाई  मकवानपुर मनहरी पक्राउ गरेको हो ।

मनहरी गाउँपालिका-८ सिमपानी देवकोट भित्री सडकबाट पूर्व-पश्चिम राजमार्ग मनहरीतर्फ आइरहेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई प्रहरीले रोकेर जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । अटो भित्र १० वटा पोकामा लुकाएर ल्याएको गाँजा फेला परेपछि अटो, गाँजा र अटो चालक लामा र अटोमा सवार मोक्तानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए । अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*