जनताको सबै खाले समस्याको अभिभावक नेतृत्वले लिन सक्नुपर्छ– उमेदवार बिष्ट
हेटौंडा । नेपाली कम्युनिष्ट पार्टी नेकपाका बागमती प्रदेश कमिटी सचिवालय सदस्य एबम नेकपाबाट आसन्न प्रतिनिधि सभाको चुनावमा उम्मेद्बारी दिएका थाहा नगरपालिकाका पुर्व सफल मेयर लवशेर बिष्टले जनताको सबै खाले समस्याको अभिभावकत्व नेतृत्वले लिन सक्नुपर्ने बताउनुभयो ।
ईन्द्रसरोवर २ हेभीमा सम्पन्न नेकपाको एकता भेला तथा उमेदवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उमेदवार बिष्टले नेतृत्वले सबै खाले जनताको समस्याको समाधानका लागि अभिभावकीय भुमिका खेल्नुपर्ने बताउनुभयो । आफुले बिगदको दिनमा जनप्रतिनिधि भएर जनताको सेवा गरिसकेको अनुभव रहेको र जनप्रतिनिधि नहुँदा पनि निरन्तर जनताको समस्या समाधानको लागि सक्दो भुमिका खेल्दै आईरहेको र भोलीको दिनमा पनि निरन्तर जनताको समस्याको अभिभावकत्व लिने प्रतिबद्धता समेत जनाउनुभयो ।
आफू निस्वार्थ रुपमा जनताको सेवामा लागि परेको पात्र भएकाले भोलि जितेर जाँदै गर्दा जनताकै हितमा काम गर्ने समेत प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहेकोथियो ।
यस्तै पार्टी केन्द्रिय सदस्य एबम ईन्द्रसरोबर गाउँपालिकाका पुर्व गाउँपालिका अध्यक्ष समेत रहनुभएका जीवन लामा,बागमती प्रदेश कमिटी सचिवालय सदस्य वीर बहादुर घलान,पार्टी प्रदेश कमिटी सचिवालय सदस्य एबम थाहा नगरपालिकाका पुर्व सफल मेयर प्रतिनिधिसभा सदस्यका उमेदवार लवशेर बिष्ट, पार्टी प्रदेश कमिटी सदस्य एबम ईन्द्रसरोवर पालिका ईन्चार्ज सागर उप्रेती , ईन्द्रसरोवर काठमाण्डौ जन सम्पर्क मन्चका अध्यक्ष साईला घिसिङ लगाएत पार्टीका अन्य नेताहरुको आतिथ्यता रहेको थियो । बिर्जु पदम लामाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।







