पूर्व माओवादी नेता मानव मोक्तान र युनिक नेकपा एमालेमा प्रवेश
मकवानपुर / पूर्व माओवादी तथा नेपाली कम्युनिष्ट पार्टी कैलाश कमिटीका सचिवालय सदस्य मानव मोक्तान र युवा नेता युनिक लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले मकवानपुरको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता अनन्त पौडेल र जिल्ला उपाध्यक्ष हिदम लामाले टिका तथा खादा लगाएर स्वागत गर्नुभएको थियो।
पार्टी प्रवेश गर्दै कैलाश ३ का मानव मोक्तानले नेकपा माओवादी केन्द्रमा सचिवालय सदस्यको रूपमा काम गरेको उल्लेख गर्दै पछिल्लो समय पार्र्टीको अस्तित्व नै नहुने गरी पार्टीको मर्म विपरीत भएको भन्दै आफूलाई ठीक नलागेकोले एमाले प्रवेश गरेको बताउनुभयो।
सो प्रवेश कार्यक्रममा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य तथा युवा नेता सानु लामा, मकवानपुर नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा कैलाशको सह इन्चार्ज छेकु लामा,नेशनल भोलेन्टियर फोर्स कैलाश गाउँपालिका संयोजक अविरल मोक्तन लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।







