मकवानपुर क्षेत्र नं. १ मा चुनावी माहोल तात्यो, एमाले उम्मेदवार राना मतदाता भेटघाटमा व्यस्त
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नं १ मा चुनावी सर्गर्मी बढ्दै गएको छ। यसैक्रममा नेकपा एमाले मकवानपुर क्षेत्र नं १ का उम्मेदवार रामेश्वर रानाले आज बागमती गाउँपालिका वडा नम्बर ६ र ७ मा मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्।यसै क्रमम उमेदवार रानाले बागमती गाउँपालिका वडा नम्बर छमा नेकपा एमाले चुनावी प्रचारप्रसार कार्यलयको उद्घाटन पनि गरेका छ्न ।
मतदाता भेटघाटका क्रममा उम्मेदवार रानाले स्थानीय मतदाताको समस्या, आवश्यकता र अपेक्षाबारे चासो राख्दै आफ्ना चुनावी प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए। उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे
स्थानीय मतदाताहरूले पनि आफ्ना भोगाइ र सुझावहरू खुलेर राख्दै आगामी दिनमा प्रभावकारी नेतृत्वको अपेक्षा गरेको मतदाताहरुले बताएका छन्। चुनाव नजिकिँदै जाँदा यस्ता प्रत्यक्ष भेटघाटले क्षेत्र नं। १ मा राजनीतिक चहलपहल थप बढाएको देखिन्छ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार रानाले आगामी दिनमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। उमेदवार रानाले सबै नेता तथा कार्यकर्तालाई आ आफ्नो गाउँ टोल र समाजमा पनि नेकपा एमालेको पक्षेम माहोल बनाउन अनुरोध गरे ।







