“बिजयको विजयलाई अब कसैले रोक्न सक्दैन”– स्थानीय

जनपत्र
१९ माघ २०८२, आईतवार १६:११

मकवानपुर — मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमको ‘विजय’ लाई अब कसैले रोक्न नसक्ने बागमती गाउँपालिका–९ बेतिनिका स्थानियले दावी गरेका छन ।बेतिनि-९ का स्थानिय रामबहादुर रानाले यस पटक परिवर्तनका सम्वाहक तारा चिन्हमा मतदान गरेर युवा उम्मेदवार बिजय गौतमलाई बिजयी गराउने बताए ।

बिजय गौतमको नाम नै काफि छ, उहाको नाम जस्तै विजय पक्का छ अर्का स्थानिय श्याम बहादुर राना मगरले दावि गरे । पिछडिएका वर्ग, महिला, दलितको पक्षमा आवाज उठाउने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमलाई तारा चिन्हमा मतदान गरेर विजय गराउने सल्लाह भएको स्थानिय मोतिमाया किङरिङ को भनाई छ।

कार्यक्रममा उपस्थित अगुवा कार्यकर्ताहरूले सशक्त, जुझारु र सक्रिय युवा उम्मेदवार विजय गौतमलाई मकवानपुर क्षेत्र नम्बर–१ बाट सर्वाधिक मतका साथ विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबिच आज एक कार्यक्रमका बिच बागमती गाउँपालिका वडा नम्बर–९ मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सदस्य अरुण बल र नेकपा केन्द्रीय सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान (मधु) ले मन्तव्य राख्दै विजय गौतमको अभियान जनताबीच तीव्र गतिमा फैलिँदै गएको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बिजय गौतमले आफू चुनाव जित्न मात्र नभई व्यवस्था र सोच दुवै बदल्न मैदानमा उत्रिएको बताए । उनले इमान, निष्ठा र जवाफदेही नेतृत्वको अठोट दोहोर्‍याउँदै, यो अभियान व्यक्तिको मात्र नभई, देश र जनताको भविष्यको संग जोडिएको बताए । साथै उनले बागमती–९ बाट प्राप्त समर्थनले आफूलाई अझ ठूलो जिम्मेवारीबोध गराएको पनि बताए। कार्यक्रम निर्वाचन परिचालन कमिटी संयोजक ईन्द्रबहादुर थोकरको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*