मकवानपुरमा उम्मेदवारी दर्ताका लागि समय निर्धारण

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सर्वपक्षीय बैठकले उम्मेदवारी दर्ताका लागि समय निर्धार्रण गरेको हो।
जनपत्र
६ माघ २०८२, सोमबार ०६:४७

हेटौंडा — मकवानपुरमा क्रियाशील राजनीतिक दललाई फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको छ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सर्वपक्षीय बैठकले उम्मेदवारी दर्ताका लागि समय निर्धार्रण गरेको हो।

माघ ६ गते सबैभन्दा पहिले बिहान मंगोल नेशनल अर्गनाइजेसनलाई १० देखि ११ बजेसम्म समय तोकिएको छ। त्यसपछि रास्वपालाई ११ देखि १२ र एमालेलाई १२ देखि १ बजेसम्म निर्धारण गरिएको छ। राप्रपालाई १ देखि २ बजेभित्र उम्मेदवारी दर्ता गर्न भनिएको छ।

नेपाली कम्युनिष्ट पार्टीका लागि २ देखि ३ बजेसम्म समय छुट्याइएको छ। कांग्रेसलाई ३ देखि ४ र उज्यालो नेपाललाई त्यसपछि एक घण्टा समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताइन्। स्वतन्त्र उम्मेदवारले बिहान १० देखि ५ बजेसम्म जुनसुकै समयमा पनि मनोनयन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बैठकमा शान्ति सुरक्षा र मतदानस्थलका बारेमा जानकारी गराएका थिए। हेटौंडा–११ थानाभर्‍याङस्थित कृषि थोक बजारको भवनमा जिल्लाका दुबै निर्वाचन क्षेत्रको कार्यालय स्थापना गरिएको छ।

बैठकले मनोनयन दर्ता गराउन आउने उम्मेदवारसहित १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न पाउने व्यवस्था गरेको छ। मकवानपुर–१ मा एक लाख ५८ हजार ४ सय ३५ मतदाता छन्। मकवानपुर–२ मा एक लाख ५६ हजार ८ सय ९९ मतदाता छन । त्यस्तै क्षेत्र नम्बर १ मा र २ मा १ सय ५ मतदानस्थल छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*