मकवानपुरगढीको बालज्योती विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण

जनपत्र
२० पुष २०८२, आईतवार ०८:४८

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ मा रहेको बालज्योती आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण गरिएको छ । पोखरा प्लाष्टिक व्यावसायीक समितिको आयोजना तथा सानिमा सिआइसि इन्सुरेन्ट लिमिटेडको सामाजिक उत्तरदायिव्त कार्यक्रम अन्तरगत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा, झोला लगायतका सामाग्रिहरु वितरण गरिएको हो ।

बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्वीटर, ट्राउजर, टोपी, जुक्ता र झोला वितरण गरिएको बिद्यालयका प्रधानध्यापक गिता तिमल्सिनाले बताइन । त्यसैगरी बिद्यालयलाई वाटर डिस्पेन्सर पनि हस्तान्तरण गरिएको छ ।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष केशव प्रसाद न्यौपानेको अध्यक्षता तथा मकवानपुरगढी ६ का वडा अध्यक्ष कृष्ण प्रसाद बजगाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पोखरा प्लाष्टिक व्यावसायिक समितिका अध्यक्ष परसुराम तिवारी, सानिमा सिआइसी इन्सुरेन्सका साखा पोखराका प्रमुख विस्वास सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*