मकवानपुर अदालतको फैसलाः किर्ते नागरिकतामा वडाध्यक्षसहित सात जनालाई कैद सजाय

जनपत्र
६ पुष २०८२, आईतवार २०:२९

हेटौंडा । किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको इजलासले आइतबार बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

यस्तै, पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद तथा एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अदालतका अनुसार नागरिकता सम्बन्धी कसुरमा पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरण कसुरमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*