अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई ८ बुँदे माग सहित ज्ञापन पत्र बुझायो
हेटौंडा । अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई ८ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । बुधवार विहान अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीका अध्यक्ष नितेश भण्डारीको नेतृत्वमा क्याम्पस प्रमुख बालकृष्ण शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा विषयगत विषयमा देखिएको समस्यालाई तत्काल हल गरि विषय संग सम्बन्धित सक्षम शिक्षक मात्र न्युक्ति गर्नुपर्ने, प्रत्येक कक्षाकोठालाई प्रविधिमैत्री बनाउनको लागि डिजिटल (स्मार्ट) बोर्डको व्यवस्था गर्नुपर्ने, ई–लाइब्रेरीलाइ व्यवस्थित रुपले संचालन गर्नुपर्ने र गत भाद्र २३ र २४ मा भएको जेन्जी आन्दोलनको क्रममा यस क्यामपसमा अराजक गतिविधि गरि स्ववियु कार्यालय तोडफोडमा संलग्न व्यक्तिलाइ छानबिन गरि यथाशिघ्र कारबाही गर्नुपर्ने ८ बुदें माग रहेको क्याम्पस कमिटी अध्यक्ष भण्डारीले बताए ।
ज्ञापन पत्र बुझाउने कार्याक्रममा अनेरास्ववियु जिल्ला कमिटी संयोजक नवराज पौडेल, जिल्ला सचिवालय सदस्य एव्म हेटौंडा क्याम्पस स्ववियु उपाध्यक्ष भरतमोहन देवकोटा, जिल्ला सचिवालय सदस्य विद्यान आर्चाय, नगर सह–संयोजक रिजन जिसि, हेटौंडा क्याम्पस कमिटी सचिव निकेस सापकोटा, कमिटी सह–सचिव सन्दिप घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।







