दशै सकेर धान भित्र्याउने तयारीमा रहेका मकवानपुरका कृषकलाई वर्षाले समस्या

जनपत्र
२० आश्विन २०८२, सोमबार ०७:३२

हेटौंडा । दशैको टीका सकेर अन्नबाली भित्र्याउने तयारीमा रहेका मकवानपुरका कृषकलाई पछिल्लो वर्षाले समस्यामा पारेको छ । दशैको टिकाको भोलीपल्टबाट लगातार दुइदिन सम्म परेको पानीले धान बालीमा क्षति पु¥याएको हो ।

ठुलो क्षति नपुगेपनि काट्ने बेलाको धानका लागि समस्या भएको किसानहरु बताउँछन् । वर्षाका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका लगायतका स्थानीय तहका किसानले भित्रयाउन लागिएको धानबालीमा क्षति पुगेको हो ।

धान पाकेर काट्ने तयारीमा रहेपनि वर्षाका कारण हावा पनि चलेकाले केही स्थानमा धान ढलेको र पाकेको धानलाई अरु पनि असर गरेको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का किसान श्याम फुयाल बताउँछन् ।

मौसमको भारी प्रभावले मकवानपुरका दश वटौ स्थानीय तहमा कृषकको धानमा पनि क्षति पुगेको छ । विशेष गरी अग्लो र पाकेको धान बढी मात्रामा ढलेको देखिएको छ । बिदा र मौसमको अचानक परिवर्तनका कारण मकवानपुरमा कति हेक्टर धानमा क्षति पुगेको छ भन्ने तथ्याङ्क अहिलेसम्म सङ्कलन हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*