विवाद नगरी विद्यालाई पार्टीमा स्वागत गरौंः केदार न्यौपाने

जनपत्र
७ श्रावण २०८२, मंगलवार १८:०५

नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाद नगरी पार्टीमा स्वागत गर्नुपर्ने बताएका छन्।

सोमबारदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा मंगलबार बोल्दै केन्द्रीय सदस्य न्यौपानेले भण्डारीले सदस्यता त्यागेको विषय प्राविधिक भएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने बताएका हुन्।

‘विद्या भण्डारी पार्टीमा लाग्दा यो पार्टी बलियो नै हुन्छ, राष्ट्रपति बनाउने  निर्णय यो पार्टीले गरेको हो र उहाँले त्याग्नु भएको सदस्यता भनिएको कुरा प्राविधिक कुरा हो,’ उनले भने, ‘त्यसैले उहाँको पार्टी सदस्यलाई विवादको विषय नबनाइयोस् र उहाँलाई पार्टीमा स्वागत गरियोस्।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बहुसंख्यक केन्द्रीय सदस्यले बोलिरहेको केन्द्रीय कमिटी बैठकमा धेरैले पूर्वराष्ट्रपति पार्टीमा फर्कन नहुने बताइरहेका छन्।

बैठकमा कतिपय नेताले ओलीलाई ११ औं महाधिवेशन अघि नै अध्यक्ष घोषणा गरेर जानुपर्नेसमेत बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*